‘कार्साङ’मा दयाहाङ र जितुको भूमिका कस्तो ?(भिडियोसहित)

फिल्मी फण्डा ।  फिल्म ‘कार्साङ’ को टिजर सार्वजनिक गरिएको छ । आगामी पुस २६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मको ओएसआर डिजिटल युटुब च्यानलबाट टिजर सार्वजनिक गरिएको हो ।

यस फिल्मबाट  यम शेर्पाले निर्देशनमा डेब्यु  गरेका छन।  दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङको मुख्य भूमिका रहेको फिल्ममा सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्य दीप गौतम, बिमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवन कुमार गोले, अमृत शेर्पालगायत कलाकारको अभिनय छ । फिल्ममा बालकलाकारमा राशी लिम्बु, सोहन थापाको समेत अभिनय छ ।

मनोज थापा मगर, एसडी योगी र बिशो डोङको संगीत रहेको फिल्म यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको हो । फिल्मको पुरुषोत्तम प्रधान छायांकार र निर्माता हुन् । फिल्मको सह–निर्माता गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन् । लाइन प्रोड्युसरमा वीरेन्द्र शाही रहेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech