विवाह बन्धनमा बाँधिए नागा चैतन्य र शोभिता धुलिपाला

फिल्मी फण्डा। दक्षिण भारतीय (साउथ) अभिनेता नागा चैतन्य र शोभिता धुलिपाला विवाह बन्धनमा बाँधिएका छन् । दुवैको विवाह नागा चैतन्यका हजुरबुवा अक्किनेनी नागेश्वर रावले सन् १९७६ मा स्थापना गरेको हैदराबादको एउटै अन्नपूर्ण स्टुडियोमा भएको हो । 

विवाहको तस्बिर चैतन्यका पिता अभिनेता नागार्जुनले सेयर गरेका छन् । सार्वजनिक हुने बितिक्कै तस्बिर भाइरल भएको छ । तस्बिरमा चैतन्य सेतो कुर्ता र धोतीमा देखिएका छन्, भने  शोभिता सुनको एम्ब्रोइडरी–कञ्जीवरम रेशमी साडी र सुनका गहनामा निकै राम्री देखिएकी छन् ।

‘शोभिता र नागाले सुन्दर अध्याय सुरु गरेको देख्नु मेरो लागि विशेष र भावुक क्षण हो । मेरो प्यारो छोरालाई बधाई छ र प्रिय शोभितालाई परिवारमा स्वागत छ’ तस्बिर सेयर गर्दै नागार्जुनले लेखेका छन् । नागार्जुनले शोभिताले यसअघिनै आफूहरूको जीवनमा धेरै खुसी दिइसकेको बताएका छन् ।
 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech