अमेजन प्राइम भिडियोमा ‘बाटो’  रिलिज

फिल्मी फण्डा। नेपाली फिल्म ‘बाटो’ अन्तर्राष्ट्रिय प्लाटफर्म अमेजन प्राइम भिडियोमा रिलिज भएको छ । यो फिल्मको अंग्रेजी नाम ‘रोड टु डेथ’ छ । यो फिल्म नेपालका हलमा भने गत जेठ ३२ गते प्रदर्शनमा आएको थियो ।

यो फिल्मले अमेजन प्राइमसहित ट्युबी र बुक माई शो स्ट्रिममा प्रदर्शन थालेको हो । अमेजन प्राइममा अमेरिका युरोपेली मुलुकमा बसोबास गर्नेका लागि उपलब्ध छ भने ट्युबीमा पनि सोही भूगोलमा बस्ने दर्शकलाई उपलब्ध छ ।

दक्षिण एसियामा लोकप्रिय प्लाटफर्म ‘बुक माई शो स्ट्रिम’बाट भारतमा नेपाली भाषामा अंग्रेजी सबटाइटलसहित स्ट्रिमिङ भइरहेको छ ।

‘बाटो’लाई मदन थापाले लेखन तथा निर्देशन गरेका हुन् । यसमा मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, राजेन थापा, आभास अधिकारी, किरण शाही, गणेश उपाध्याय लगायतको अभिनय छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech