फिल्मी फण्डा । अरुण लामाको निर्देशन रहने फिल्म ‘डोरी’को शुभ–मुहूर्त गरिएको छ । बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो ।
मुहूर्तमा फिल्मका कलाकार प्रवीण खतिवडा, अञ्जना बराइली, शिशिर बाङ्गदेल, राज पौडेल, वीरेन्द्र सिंह कुशवाहा, विशाल राई, मिलन राई र नूतनलगायतको उपस्थिति थियो ।
फिल्मको छायाङ्कन आइतबारदेखि सुरु हुनेछ । कविता आले, सजन श्रेष्ठको समेत अभिनय रहने फिल्मका कार्यकारी निर्माता राज थापा हुन् ।