मिथुन चक्रवर्तीका छोरा मिमोले काठमाडौंमा चलचित्रको  प्रबर्द्धन गर्ने

फिल्मी फण्डा ।  बलिउड सुपरस्टार मिथुन चक्रवर्तीका छोरा तथा अभिनेता महाक्षय चक्रवर्ती मिमो आफू अभिनित पछिल्लो हिन्दी चलचित्रको प्रबर्द्धन गर्नका लागि नेपाल आउने भएका छन् ।

काठमाडौंमा उनले बलिउड हरर कमेडी ड्रामा 'ओए भूतनीके'को प्रचार गर्नेछन् । मिमो पुस २ मा नेपाल आउने तय भएको जानकारी फिल्मका मिडिया संयोजक प्रदीप सिंहले दिए ।

काठमाडौंमा उनले चलचित्रको प्रबर्द्धन गर्नका लागी मिडीया सँग भेटघाट गर्ने छन् । पर्वतीय उडान र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने तयारीमा रहेका उनी ३ दिन काठमाडौंमा रहनेछन् ।


अजय कैलाश यादव निर्देशित यो फिल्म पुस १० गते क्रिसमसमा विश्वब्यापी प्रदर्शन तयारीमा छ । निर्माता र अन्य कलाकारको टोली पनि यतिबेला काठमाडौं छ । अर्का कलाकार रोहित सूर्यवंशी काठमाडौंमा आइसकेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech