फिल्म ‘बम बहादुर’को टिजर सार्वजनिक,सौगात मल्लको मुख्य भूमिका(भिडियोसहित)

फिल्मी फण्डा। फिल्म ‘बम बहादुर’को टिजर सार्वजनिक भएको छ ।अभिनेता सौगात मल्लको मुख्य अभिनय रहेको फिल्म ‘बम बहादुर’को टिजर सार्वजनिक हो । 

फिल्मलाई नेपाल र भारतमा एकसाथ  पुस ५ गतेलाई प्रदर्शन मितिको रुपमा घोषणा गरिएको छ ।  सन्देशमूलक र ऐतिहासिक कथावस्तुको यो फिल्मले भारतको दार्जिलिङ पहाड र डुअर्समा बसोबास गर्ने नेपाली भाषी समुदायको संघर्षलाई चित्रण गर्छ ।

 बिष्ट ब्रदर्स फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्ममा सौगातसहित प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटीको अभिनय छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech