फिल्मी फण्डा ।आर्टमाण्डुको फिल्म ‘ऊनको स्वीटर’ आगामी वैशाख २६ गते रिलिज हुने भएको छ । सोमबार एक पोस्टर सार्वजनिक गर्दै निर्माताले फिल्मको रिलिज मिति घोषणा गरेका हुन् ।
फिल्म ‘ऊनको स्वीटर’लाई निर्देशक नवीन चौहानले निर्देशन गरेका हुन् । फिल्ममा विपिन र मिरुनाका साथै सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सनविक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमू, शारदादेवी सिलवाल, भावना खपाङ्गी मगर लगायत कलाकारको समेत अभिनय छ ।