‘ह्रस्व दीर्घ’ले ७ दिनमा कमायो ५ करोड ५४ लाख रुपैयाँ 

फिल्मी फण्डा। चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ले  पहिलो ७ दिनमा ५ करोड ५४ लाख रुपैयाँ ग्रस कमाइ  गरेको छ ।  वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले सो कुराको जानकारी दिएको हो ।

वितरक मनोज राठीले पहिलो साताको कमाइ उत्साहजनक रहेको बताए । फिल्मले विहिबार मात्रै ५० लाख रुपैयाँ ग्रस कमाएको छ । नीता ढुंगाना र हरिहर अधिकारीसहित भारतीय र नेपाली कलाकारको अभिनय रहेको फिल्मले दुई युवायुवतीको रोचक प्रेमकथालाई प्रस्तुत गर्छ ।

निर्मात्री समेत रहेकी अभिनेत्री नीता ढुंगानाले विहिबार बेलुका फेसबुकमा पोस्ट गर्दै लगानी सुरक्षित गरिसकेको उल्लेख गरेकी छन् । उनले चाँडै विदेशमा समेत फिल्म प्रदर्शन हुने जनाएकी छन् । उनले उक्त पोस्टमार्फत दर्शकलाई धन्यवाद समेत दिएकी छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech