फिल्मी फण्डा । नेपाली चलचित्र क्षेत्रका ७२ चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरिएको छ । बुधवार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले परिचयपत्र प्रदान गरे ।
विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नेमा गौरी मल्ल, नवल खड्का, आकाश अधिकारी, अशोक रोक्का, उदय सुब्बा, उदय सिंह बोरोहा, सरोज खनाल, शोभित बस्नेत कपिल प्रसाद द्वा, कृष्णप्रसाद ढुङ्गाना, कुमार महर्जन, केपी पाठक, केदारनाथ दवाडी, गोविन्द नेपाली, चेतन सापकोटा, तैयब शाह, विशाल विष्ट, दिव्येस्वर गौतम, देवकुमार श्रेष्ठ, नगेन्द्र घिमिरे, नानीकाजी डङ्गोल, निर्जल कुमार श्रेष्ठ, प्रमोद ढुङ्गाना, पुष्पकुमार श्रेष्ठ, पुरनलाल जोशी, पूर्णबहादुर तामाङ, बालदीप राई, बिजयरत्न तुलाधर, विश्वराम केसी, विमल पौडेल, मदन घिमिरे, मधुसूदन प्रधान, मावत्से गुरुङ, हिउवाला गौतम, मुकुन्द थापा, रचना सिंह, रत्न ढकाल, रमेश रन्जन झा, रवि डङ्गोल, राजु केसी, राज कुमार शाह, राजेन्द्र थापा, रामेश्वरजंग केसी, राजुबिक्रम थापा लगायत रहेका छन् ।
कार्यक्रममा अभिनेत्री केकी अधिकारी, निर्देशक दीपाश्री निरौला, दीपेन्द्र लामा, दीपन्द्र के खनाल र रामबाबु गुरुङले आफ्नो चलचित्रको स्क्रिप्ट चलचित्र विकास बोर्डको संग्राहलयका लागि प्रदान गरे ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव राधिका अर्याल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र क्षेत्रका विभिन्न सङ्घसंस्थाको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।