फिल्मी फण्डा । दक्षिण भारतीय अभिनेत्री कीर्ति सुरेशले विवाह गर्ने भएकी छिन् ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनी ११ र १२ डिसेम्बरमा गोवामा विवाह गर्दैछिन्। कीर्तिले प्रेमी एन्टनी थैटिलसँग विवाह गर्न लागेकी हुन्। उनीहरू १५ वर्षदेखि प्रेम सम्बन्धमा थिए।
कीर्तिले कल्कि २८९८ एडीु मा रोबोट बुज्जीको आवाज दिएकी थिइन्। अब उनी वरूण धवनसँग बेबी जोनु मा देखिने छिन्। यो उनको बलिउड डेब्यू फिल्म हो। बेबी जोनु तमिल फिल्म थेरीु बाट प्रेरित छ।
कीर्ति पछिल्लो समय सुमन कुमार निर्देशित तमिल फिल्म रघु थाथाु मा देखिएकी थिइन्।