फिल्मी फण्डा । बलिउड सुपरस्टार साहारुख खान को आगामी फिल्म 'जवान'को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा शाखाहरु पहिलोपटक प्रहरीको भुमिकामा देखिदैछन् । फिल्मको ट्रेलर एक्सनले भरिएको छ । निकै कलर फुल रहेको ट्रेलरमा साउथका स्टार म्युजिसियन 'अनीरुध'को दमदार विजिएम रहेको छ । फिल्ममा साहारुखको जबरजस्त डायलग रहेको छ । फिल्मलाई तमिल फिल्म उद्योगका स्टार निर्देशक 'एट्ली' ले निर्देशन गरेका हुन् । जसले यसअघि तमिलका सुपरस्टार विजय सँग तिन ब्लकबस्टर फिल्मको निर्देशन गरिसकेका छन् । फिल्ममा साउथकै लेडी सुपरस्टार भनेर चिनिने नयनतार साहारुखको अपोजिटमा देखिँदै छिन् । पठानमा साहारुखको जोडि रहेकी दीपिकाको पनि यस फिल्ममा केमियो रोल रहेको छ । फिल्ममा विजय सेतुपतिले साहारुखलाई टक्कर दिने छन् ।
अहिले करियरको उत्कर्षमा रहेका साहरूख अभिनित फिल्म 'पठान'ले यस अघि भारतीय बक्स अफिसमा नयाँ रेकर्ड स्थापित गरेको थियो । साहारुख आफ्नै फिल्म जवान मार्फत् पठानको रेकर्ड तोड्न तयार भएका छन् । अघिल्लो फिल्म ब्लकबस्टर भएपछि हौसिएका साहारुख जवालाई पठान भन्दा सफल बनाउन चाहान्छन् । त्यसैले गत २ जुनमा प्रदर्शन मिति तोकिएको फिल्म ७ सेप्टेम्बरमा सरेको थियो । स्रोतका अनुसार साहारुख यस फिल्ममा कुनै कमि नहोस् भन्ने चाहान्छन् ।त्यसैले फिल्ममा थप काम गर्न उनले फिल्मलाई ३ महिना पछि सारेका हुन् । फिल्मलाई साहरुखकै निर्माण कम्पनि 'रेड चिल्ली'ले निर्माण गरेको हो । फिल्मको निर्मात्री साहारुख पत्नी गौरी खान हुन् । फिल्ममा साहारुख, विजय, नयनतारको अलावा सानिया मल्होत्रा,प्रियामनि लगायत कलाकारको मुख्य भुमिका रहेको छ ।