गजब छैन त सलारको टिजर ? यस्तो छ प्रभासको लुक्स

फिल्मी फण्डा । प्रभासको बहुप्रतिक्षित तेलुगु फिल्म सलारको टिजर सार्वजनिक भएको छ, आज बिहान ५ बजेर २७ मिनेटमा फिल्मको टिजर सार्वजनिक गरीएको थियो । केजिएफ फेम्ड निर्देशक प्रशान्त निलको निर्देशनमा बनेको फिल्ममा प्रभासलाई अहिलेसम्मकै खतरनाक लुक्स दिइएको छ । फिल्मको कथाबारे केहि नखुलाईएता पनि प्रभासलाई एक ग्याङ लिडरको रुपमा प्रस्तुत गरीएको छ ।

केजिएफ कै टिमले यस फिल्मको निर्माण गरेको हो, फिल्मलाई केजिएफकै युनिभर्स अन्र्तगत बनाइएको चर्चा चलिरहँदा फिल्मको टिजरले थप कौतुहलता बढाएको छ । किनकि फिल्मको ब्याक राउण्ड देखि बिजिएम पनि केजिएफकै झल्को दिने किसिमको छ । फिल्ममा प्रयोग गरिएको कलर ग्रेडिङ देखि लोकेसन समेत केजिएफकै याद दिलाउन किसिमको छ । 

फिल्ममा प्रभासको अलावा पृथ्वीराज सुकुमारन, श्रुती हसन, जगपती बावु लगायत कलाकारको मुख्य भुमिका रहेको छ । बाहुबली बाट उदाएका प्रभासको त्यसपछि प्रदर्शन भएका तिन ओटै फिल्महरु असफल भइसकेका छन् । त्यसैले सलार प्रभासको लागि कमब्याक फिल्म हुन सक्ने धेरैको अनुमान रहेको छ । २८ सेप्टेम्बर बाट हिन्दी, तेलुगु, कण्नड, तमिल र मल्यालम सहित ५ भाषामा प्रदर्शन हुने फिल्मलाई होम्बाले  फिल्मस् ले निर्माण गरेको हो । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech