कृष्ण र बानिकाले ल्याए नेपाल भाषाको गीत 'माखायात ग्वंग: माः ( भिडियो )

फिल्मी फण्डा । गायक कृष्ण भक्त महर्जन र गायिका बानिका प्रधानको युगल गायनमा रहेको नेपाल भाषाको गीत "माखायात ग्वंग: माः" म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। यस गीतमा शब्द, संगीत स्वयम् गायक महर्जनको रहेको छ।  गीतलाई हरि शरण सायमीले संगीत संयोजन गरेका हुन्।  

म्युजिक भिडियोमा किरण जोशी र आराध्या लक्ष्मी खड्गीबीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।  लुभु वेभ म्युजिक इन्स्टिट्युट एण्ड स्टुडियो मार्फत भिडियोको छायाँकन र सम्पादन भएको हो।  बाल मुकुन्द प्रजापतिको निर्देशनमा भिडियो तयार पारिएको हो।  भिडियो  'कृष्ण भक्त महर्जन' युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो

https://youtu.be/E_PAA3sjtbo?si=cDlGz8XSYK--lANf


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech