महेश बाबु र प्रभास सँग भिड्दै 'हनुमान'

फिल्मी फण्डा । २०२४ को जनवरीमा सुपरस्टार महेश बाबु र प्रभासले आ आफ्नो फिल्मको रिलिज डेट घोषणा गरिसकेका छन् । प्रभासको 'प्रोजेक्ट के' र महेश बाबुको 'गन्टुर कारम' एक दिनको अन्तराल अर्थात् १२ र १३ जनवरीमा प्रदर्शन हुदै छन् । गुन्टुर कारममा सुपरस्टार महेश र स्टार निर्देशक त्रि बिक्रमले १३ बर्ष पछि सँगै काम गर्दै छन् भने प्रोजेक्ट के मा प्रभास सहित दीपिका पादुकोण, अमिताभ बच्चन र कमल हसन जस्ता दिग्गज पहिलो पटक एकसाथ पर्दामा देखिँदै छन् । दर्शक माझ निकै प्रतीक्षित बनेका यि दुई फिल्मसँग अब अर्को फिल्मपनि भिड्न तयार भएको छ । त्यो फिल्म हो हनुमान । 

बहुप्रतीक्षित फिल्म हनुमानले पनि जनवरी १२ मा प्रदर्शन मिति घोषणा गरेसँगै आगामी संक्रान्ति तेलगु बक्स अफिसमा मेगा क्ल्यास देख्न पाइने भएको छ । हनुमान यस अघिनै प्रदर्शन हुने तयारीमा थियो, तर बिभिन्न कारण पोस्टपोण्ड हुदै आएको फिल्म अन्तत तेलुगु बक्स अफिसमा सबैभन्दा ठुला स्टारहरू सँग भिड्न तयार भएको छ । स्रोतका अनुसार १२ जनवरीमा प्रदर्शन हुने प्रोजेक्ट केको सुटिङ नसकिने भएकोले उक्त मितिमा आउन नसक्ने भएको कारण हनुमान फिल्मले आफ्नो प्रदर्शन मिति तोकेको बताइएको छ र तर अहिले सम्म प्रोजेक्ट के ले पोस्टपोण्ड भएको जानकारी दिएको छैन । यदि प्रोजेक्ट के पछि हटे १३ जनवरी महेश बाबुको गुन्टुर कारम सँग भने हनुमानले सामना गर्नु पर्ने हुन्छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech