सहारुखको 'पठान' भन्दा महंगोमा बन्दै छ ऋतिकको 'फाइटर'

फिल्मी फण्डा । बलिउड सुपरस्टार ऋतिक रोशन 'फाइटर' फिल्ममा व्यस्त छन्, यस फिल्मलाई 'वार' र 'पठान' जस्तो ब्लकबस्टर फिल्मको निर्देशन गरिसकेका सिद्धार्थ आनन्दले निर्माण तथा निर्देशन गर्दै छन् । सिद्धार्थ आनन्दको 'पठान' गत जनवरी २५ मा प्रदर्शन भएका थियो, उक्त फिल्मले हिन्दी बक्स अफिसको अहिलेसम्मका सबै रेकर्ड तोड्न सफल भएको थियो । फिल्मले विश्वभरबाट एक हजार ४० करोडको ब्यापार गरेको थियो । 

'पठान' ब्लकबस्टर भएपछि हौसिएका निर्देशक सिद्धार्थले एक अन्तरवार्तामा आफ्नो आगामी फिल्म 'फाइटर' उनको अघिल्लो फिल्म पठान भन्दा ठुलो बजेट र स्केलमा निर्माण हुन् बताएका थिए । फाईटरलाई हलिउड फिल्मको स्तरमा बनाउने आफ्नो योजना रहेको उनले बताए । त्यसैले उनि उक्त फिल्मलाई आफै निर्माण गर्दैछन् । बताइए अनुसार फिल्म फाइटरको बजेट तिन सय करोड भन्दा धेरै हुने छ । जसमा ऋतिकको पारिश्रमिक जोडिएको छैन, किनकि ऋतिकले नाफाबाट सेयर लिनेछन् । यस अघि एसराज ब्यानरमा निर्माण भएको फिल्म पठान दुई सय करोडमा तयार भएको बताइएको थियो, जसमा साहरूखको पारिश्रमिक जोडिएको थिएन, साहरूखले पनि सेयरमा काम गरेका थिए । उता फाइटरमा पहिलो पटक बलिउड सुपरस्टार नायिका दीपिका पादुकोण र ऋतिक एकसाथ पर्दामा देखिँदै छन् । त्यसैले फाइटर दर्शक माझ निकै प्रतीक्षित बनिरहेको छ । 

पठान प्रदर्शन भएको ठिक एक बर्ष पछि अर्थात् २०२४ को जनवरी २५ मा फाइटर प्रदर्शन हुदै छ । ऋतिकले भर्खरै आफ्नो सोसल ह्याण्डलमा एक फोटो पोस्ट गर्दै उक्त जानकारी दिएका हुन् । फिल्ममा ऋतिक, दीपिकाको अलावा अर्जुन कपुर, करण सिंह ग्रोवर लगायतको मुख्य भुमिका रहने छ । पछिल्लो पटक विक्रम बेधामा देखिएका ऋतिक फाइटर पछि सिधै वार २ मा काम गर्ने छन्, जसलाई यसपटक अयान मुखर्जीले निर्देशन गर्दै छन् । उक्त फिल्म एसराज ब्यानरको स्पाई युनिभर्सको हिस्सा रहेको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech