‘ज्वाइँसाब’को गीतमा समीक्षा र निशानको स्वर  

फिल्मी फण्डा ।  चलचित्र ‘ज्वाई साब’को एक रोमान्टिक गीतको रेकर्डिङ गरिएको छ । ‘कसम बत्तीको’ बोलको गीतमा गायक निशान भट्टराई र गायिका समिक्षा अधिकारीले स्वर भरेका छन् । यादव लम्सालको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ ।

यो गीतमा चलचित्रका मुख्य दुई कलाकार जितु नेपाल र नीति शाहलाई फिचरिङ गरिनेछ । निर्माणपक्षले यही एउटा गीतको छायांकन बाँकी राखेर अन्य छायांकन सबै सकेको हो । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको चलचित्रमा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य निर्माण भएको फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।


विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।बसन्त निरौलाको निर्देशनमा तयार भएको यो चलचित्रमा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech