पल र पुजाको  ‘रावायण’को चर्चा चुलिँदो, बक्स अफिसमा नयाँ रेकर्ड राख्न सक्ने !

फिल्मी फण्डा । यति बेला भदौ २१ गतेबाट रिलिज हुने फिल्म ‘रावायण’ को चर्चा व्यापक छ । कतिपयले यो फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड कायम गर्ने आँकलन गरिरहेका छन् । 

नायक पल शाह र नायिका पुजा शर्माको मुख्य भूमिका रहेको यो फिल्मको दुई पोस्टर र टिजर सार्वजनिक भएसँगै फिल्मको चर्चा चुलिएको हो ।  फिल्ममा ‘लभर ब्वाई’को पहिचान बनाएका पललाई फरक गेटअप र एक्सन अवतारमा प्रस्तुत गरिएपछि फिल्मप्रति दर्शक र फिल्मकर्मीको चासो बढेको छ । 


निर्देशक सुदर्शन थापा निर्देशित यो फिल्मको निर्माण पक्षले फिल्मको प्रचार सामाग्रीका रुपमा पहिलोपटक पल फिचर्ड ‘रावायण’को फस्टलुक सार्वजनिक गरेको थियो । जसमा पललाई केही रिसाएको भावमा दाह्रीजुँगामा प्रस्तुत भएका थिए । फिल्ममा कान्छा र रागव नामका दोहोरो पात्रको भूमिकामा छन् । 

त्यस्तै दोस्रो पोस्टरमा नायक पल शाह र नायिका पुजा शर्मा फिचर्ड थिए । जसमा पललाई केही गम्भीर र पुजालाई रिसाएको भावमा देखाइएको थियो । फिल्मको टिजर नेपाली सिने क्षेत्रमा नयाँ तरंग पैदा गरेको छ । नेपाली फिल्मकर्मीहरुले टिजरको मुक्तकण्ठ प्रशंसा गरिरहेका छन्।   टिजरमा पल, प्रमोद अग्रहरि, प्रकाश शाहलगायतका कलाकारको प्रस्तुती दमदार छ ।

टिजरलाई हालसम्म १० लाख बढी दर्शकले हेरिसकेका छन् भने चार हजार बढी प्रतिक्रिया दर्शकका छन् । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् ।

फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतको अभिनय छ ।

फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा। कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ ।

फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech