फिल्मी फण्डा । फिल्म ‘नरसिंहाः अवतार’मा नायिका नीति शाह फाइनल भएकी छिन् । दिवाकर भट्टराईको निर्देशनमा तयार हुन लागेको सो फिल्ममा नायिका नीति शाह फाइनल भएकी हुन ।
फिल्म ‘नरसिंहाः अवतार’मा महानायक राजेश हमाल फाइनल भइसकेका छन् । फिल्ममा राजेश र नीतिले रोमान्स गर्ने बिषयमा चर्चा भएता पनि सत्यतामा अन्योलता नै छ । यही फिल्मबाट नायक हमालले ८ बर्षपछि ठूलो पर्दामा कमब्याक गर्ने तयारी गरेका हुन् ।
यो फिल्मका लागि अझै दुई नायिका र एक नायकको खोजी भइरहेको छ । फिल्मको छायांकन भदौबाट सुरु गर्ने तयारीमा छ ।
नीतिले पर्दामा नायक राजेश हमालदेखि पल शाहसम्म रोमान्स गर्ने पक्का भएको छ । एक्सन प्रधान फिल्म ‘नरसिंहाः अवतार’को स्क्रिप्टमा अहिले निर्देशक भट्टराईले काम गरिरहेका छन् । फिल्मको छायांकन पोखरामा हुनेछ ।