पल शाह र पुजा शर्माको फिल्म ‘रावायण’को दोस्रो पोस्टर सार्वजनिक

फिल्मी फण्डा ।  फिल्म ‘रावायण’को दोस्रो पोस्टर रिलिज भएको छ । पहिलो पोस्टरमा नायक पल शाहको एङ्ग्री अवतारलाई समावेश गरिएको थियो । दोस्रो पोष्टरमा भने नायिका पूजा शर्मालाई अगाडि देखाइएको छ । 

सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्ममा पूजा शर्माको एकल लगानी छ । सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको ब्यानरमा यो फिल्म निर्माण भएको हो । फिल्ममा सुशन पाठक कार्यकारी निर्माताको रुपमा छन् ।

यो फिल्ममा पल शाह, पूजा शर्माको साथमा प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल लगायतका कलाकारहरुको अभिनय छ । ।

फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्री निवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ ।

फिल्मको वितरण आरआर फिल्मस्ले गर्नेछ । फिल्म भदौको २१ गतेबाट रिलिजमा आउने तयारीमा छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech