फिल्मी फण्डा । फिल्म ‘के घर के डेराः घर नम्बर २’को छायांकन आजबाट सुरु भएको छ । ३० दिनको सेड्यूल राखेर फिल्मको छायांकन सुरु भएको हो । पहिलो दिन नायक आर्यन सिग्देल र नायिका केकी अधिकारीको दृश्यको छायांकन गरिएको छ ।
भोलिबाट फिल्मका मुख्य कलाकारहरू खगेन्द्र लामिछाने, निश्चल बस्नेत र उपासना सिंह ठकुरी पनि छायांकन सेटमा जोडिनेछन् । फिल्मको छायांकन अगाडि भैसेपाटीको कार्यविनायक मन्दिरमा शुभसाइत गरियो ।
फिल्ममा प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, बाल–कलाकार रुविना घिमिरेको मुख्य भूमिका रहनेछ । फिल्ममा कृष्णबहादुर थापाको छायांकन छ ।
सामाजिक विषयवस्तुलाई पर्दामा उतार्न लागिएको यो फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् । फिल्ममा वुद्दि सागरको लेखन छ ।
फिल्म ‘के घर के डेराः घर नम्बर २’मा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ ।