फिल्मी फण्डा । बहुप्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’ को निर्माताले पाँचवटा अन्तर्राष्ट्रिय टेरिटोरीको वितरक टुंगो लगाएका छन् । यी वितरकसँग लिखित सहमति हुन बाँकी छ । मध्यपूर्व र मलेसिया वितरणको जिम्मा नेपफिल्म्सका रमेश ढकालले लिएका छन् ।
फिल्मलाई अमेरिकामा त्यहाँको वितरण कम्पनी नेपाल एलिभेन इन्टरटेनमेन्टका प्याट्रिक सुवेदीले वितरण गर्नेछन् । अमेरिकामा सोही दिनमा रिलिज हुने सुवेदीले जनाए । युरोपमा राजमान तामाङ, जापानमा सुभास लामिछाने र इङ्ल्याण्डको पनि टुंगो लागेको छ । अस्ट्रेलिया वितरकको टुंगो मंगलबारसम्म लाग्ने जनाइएको छ ।
‘छक्कापञ्जा ५’ को स्वदेश वितरणको जिम्मा मनोज राठी, उज्ज्वल पौडेल र विक्रम पराजुलीले लिएका छन् । फिल्ममा दीपकसहित वर्षा सिवाकोटी र केदारप्रसाद घिमिरेको शीर्ष भूमिका छ । समाज र राजनीतिक विषयवस्तुमा आधारित भनिएको फिल्ममा दीपाश्री निरौलाको निर्देशन छ भने कार्यकारी निमार्ताको रुपमा निर्मल शर्मा रहेका छन ।