प्रियंका कार्की,करिश्मा मानन्धरको मुख्य भूमिका रहेको फिल्म ‘माइली’ को शुभ–मुहूर्त

फिल्मी फण्डा । फिल्म ‘माइली’ को सोमबार राजधानीको भद्रकाली मन्दिरमा शुभ–मुहुर्त गरिएको छ । बाबु साहेब बलामीको निर्देशन रहेको फिल्मको मुहूर्तमा फिल्मका कलाकार र प्राविधिकको उपस्थिति रहेको थियो ।

फिल्ममा प्रियंका कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रितिका शर्मा,आश्मा पाण्डे र रेश्मा केसीको अभिनय रहनेछ ।

 मुहूर्तमा अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी संघका विवेक सापकोटाले क्ल्याप, सवनम मुखियाले क्यामरा, रक्षा सिंह राणाले निर्देशन गर्दा पत्रकार शान्तिप्रियले नरिवल फुटाएका थिए । नायिका प्रियंका कार्की र नव कलाकार कमला घिमिरेले फिल्मका लागि मुहूर्त सट दिएका थिए । फिल्ममा प्रियंका र कमला आमा छोरीको भूमिकामा देखिनेछन् ।

मंगलबारबाट छायाङ्कन गरिने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौँ र दुबईमा खिचिनेछ । फिल्ममा शंकर अधिकारी ‘घायल’ को गीत र राजेन्द्र बजगाइको संगीत, शिव ढकालको छायांकन, समीर मियाँको सम्पादन रहनेछ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech