फिल्मी फण्डा । शुक्रबार रिलिज भएको नेपाली चलचित्र ’मोदीबेनी’ जापानमा रिलिज हुने भएको छ । सुवास लामिछानेको नेतृत्वमा रहेको जापानी कम्पनी ’भिजोनिया कम्पनी लिमिटेड’ले यो चलचित्रको जापान प्रदर्शन अधिकार खरिद गरेको हो।
निर्देशक शङ्कर कोइरालाका अनुसार दर्शकले चलचित्रको ’थ्रिलिङ पार्ट’लाई रुचाएका छन्। शुक्रबार र शनिबार दर्शक भेट्न विभिन्न हल पुगेका निर्देशक कोइरालाले ’मोदीबेनी’को ’सेकेन्ड हाफ’लाई बढी रुचाएको पाइएको बताए।
चलचित्र रिलिजपछि कलाकारहरू वर्षा सिवाकोटी, नव अभिनेता अमर प्रताप श्रेष्ठ, रेजिना उप्रेती लगायत दर्शक भेट्न काठमाडौँका विभिन्न हल पुगेका थिए। चलचित्रलाई डिनेष्ट इन्टरटेन्मेन्टको ब्यानरमा दिलीप केसी र हरि श्रेष्ठले निर्माण गरेका हुन्।