युरोप र अष्ट्रेलियामा पनि प्रदर्शन हुँदै ‘बुलाकी’ 

फिल्मी फण्डा। साउन ३२ गतेबाट दर्शकमाझ आउन लागेको फिल्म ‘बुलाकी’ को विभिन्न देशको प्रदर्शन अधिकार बिक्री भएको छ । फिल्मको युके, समग्र यूरोप र अष्ट्रेलियाको प्रदर्शन अधिकार एकसाथ बिक्री भएको निर्माण टिमले जनाएको छ  ।

फिल्मलाई नेपालसँगै एकसाथ विश्व बजारमा प्रदर्शन गर्नेगरी फिल्म वितरण तथा मनोरञ्जनात्मक गतिविधिमा क्रियाशील कम्पनी विएस इन्टरटेन्मेन्टले खरिद गरेको हो ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सुरक्षा पन्त, विराज विष्ट, नरेन खड्का, सरस्वती खत्री, लक्ष्मी गिरी, रमेश बुढाथोकी, सुशील पोखरेल लगायत प्रमुख अभिनयमा छन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech