फिल्मी फण्डा । शुक्रबारबाट देशभर रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को काठमाडौँमा भव्य प्रिमियर भएको छ । कमलपोखरीमा रहेको बिग मुभिजमा भएको प्रिमियरमा नेपाली चलचित्र क्षेत्रका व्यक्तित्वहरू, राजनीतिक व्यक्तित्वहरू तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
प्रिमियरमा वर्षा, अमर, रेजिना, स्नेहासँगै चलचित्रका कलाकारहरू प्रवीण खतिवडा, दिलीप केसी, कमल मणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, सरोज लामिछाने, सुब्रत आचार्य, रोजीश्रेष्ठ, पूजनश्रेष्ठ लगायतको उपस्थिति थियो ।
साथै, निर्देश कशङ्कर कोइराला, डिओपी उत्सव दाहाल, सम्पादक भरत रेग्मी, निर्माताहरू दिलीप केसी र हरि श्रेष्ठ सहित क्रियटिभ तथाप्राविधिक टिमको पनि सहभागिता थियो ।
प्रिमियर शोमा चलचित्रहेर्न प्रतिनिधि सभा सदस्य शोबिता गौतम, पत्रकार दिल भुषण पाठक, कलाकारहरू रमेश उप्रेती, निर्मल शर्मा, विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, कलाकार तथा निर्देशक दीपाश्री निरौला, निर्देशक शोभित बस्नेत, कमेडियन हिमेश पन्तलगायत पुगेका थिए।
ट्रेलर सार्वजनिक भएपछि प्रतीक्षारत बनेको ‘मोदीबेनी’ले कसैको मृत्यु पश्चात् भएको एउटा अविश्वसनीय कथामा आधारित रहेर प्रेम, बदला र पारिवारिक कथा भनेको छ ।
प्रतिनिधि सभा सदस्य शोबिता गौतमले चलचित्रको प्राविधिक तथा क्रियटिभ काम मन परेको प्रतिक्रिया दिइन् ।
‘सोसल कनट्र्याक्ट थ्यौरी’ अनुसार नै हाम्रो समाज चल्ने बताउँदै उनले सबै कुरा मै हो भन्ने सोचले कस्तो नतिजा दिन सक्छ भन्ने चलचित्रले देखाएको बताइन् । कलाकार हिमेश पन्तले चलचित्र रमाइलो र ट्विस्ट रहेको बताए। उनले चलचित्रको ‘सस्पेन्स’ भागको चर्चा गरे ।
कलाकार विजय बरालले आफूलाई यो चलचित्र ‘सोसल ड्रामा’ रहेको बताए। समग्रमा चलचित्र मन परेको बताउँदै सबैलाई यो चलचित्र हेर्न सुझाव दिए । कलाकार मुकुन भुसालले सुन्दै आएको कथालाई यो चलचित्रमा हेर्न पाएको बताए । कलाकार तथा निर्माता निर्मल शर्माले आफूले सोचेको भन्दापनि राम्रो चलचित्र बनेको प्रतिक्रिया दिए।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले आफूलाई चलचित्रको ट्रेलरले नै प्रिमियरसम्म तानेको र अपेक्षा अनुसार कै चलचित्र बनेको प्रतिक्रिया दिइन् ।
चलचित्रका नवअभिनेता अमर प्रताप श्रेष्ठ, अभिनेत्री वर्षा सिवाकोटीसहित सबै कलाकारको काम उत्कृष्ट रहेको निरौलाले प्रतिक्रिया दिइन् । उनले नेपाली चलचित्रमा धेरै पछि यस प्रकारको हेर्न पाएको र आफूलाई निकै मज्जा आएको जनाइन् ।
अभिनेता रमेश उप्रेतीले हेर्दै आएका चलचित्रहरू भन्दा फरक लागेको बताए । निर्देशक शोभित बस्नेतले ‘मोदीबेनी’ साँच्चिकै राम्रो बनेको भन्दै धेरै पछि अभिनेत्री रेजिना उप्रेतीलाई ठुलो पर्दामा देख्दा खुसी लागेको बताए । उनले निर्देशकको काम पनि मन परेको प्रतिक्रिया दिए। अभिनेत्री अञ्जना बराइलीले नयाँ कलाकारहरूको काम झनै राम्रो रहेको बताइन्।