पल शाह  र नीति शाह पहिलो पटक फिल्म ‘मोहर’मा जोडि बाँध्दै

फिल्मी फण्डा । पहिलो पटक नीति शाहको जोडीको रुपमा अभिनेता पल शाह देखिने भएका छन् । ओम प्रतिकको निर्देशन रहने फिल्म ‘मोहर’मा उनीहरु एकसाथ देखिने भएका हुन् ।

केही अगाडि अभिनेत्रीको रुपमा नीति फाइनल भएको फिल्ममा अहिले अभिनेताको रुपमा पल भित्रिएका हुन् ।

फिल्मको छायांकन माघ–फागुनमा गर्ने तयारी निर्माण पक्षको छ । मेकर्स प्रालिको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा ओम प्रतिककै लेखन छ । फिल्मलाई चुम्बन जंग शाहीले निर्माण गर्न लागेका हुन् । 

यसअघि पल र नीतिले फिल्म ‘हुतुतु’ नामक फिल्म साइन गरेका थिए । तर, यो फिल्म बन्न सकेन ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech