फिल्मी फण्डा। दीपेन्द्र के खनालले निर्देशन गर्ने फिल्म ‘के घर के डेराः घर नम्बर २’ को मुख्य भूमिकामा आर्यन सिग्देल अनुबन्धित भएका छन । यसअघि फिल्ममा खगेन्द्र लामिछाने र निश्चल बस्नेतपछि सिग्देल यो सोसल ड्रामा फिल्ममा जोडिएका हुन् ।
आर्यन र निर्माताबीच लिखित सम्झौता भएको छ । फिल्ममा उनको भूमिकाबारे केही खुलाइएको छैन ।
ए प्लस इन्टरटेनमेन्ट र नटराज क्रिएसनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको पटकथा बुद्धिसागरले लेखेका हुन् । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ । कार्यकारी निर्माता युवराज कार्की हुन् ।