फिल्मी फण्डा । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सरकारले चाहे तत्काल चलचित्र ऐन पास हुनसक्ने बताएका छन् । बिहीबार चलचित्र विकास बोर्डमा दुई वर्षे कार्यकाल सकिएको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सो कुरा बताएका हुन् ।
केसीले आफूमाथि धेरैले ठुलो अपेक्षा राख्नु स्वाभाविक भएपनि बोर्डको अधिकार भन्दा माथि गएर काम गर्न नसकिने बताए । उनले आफूले कलाकारका दुःख र समस्या बुझेको भन्दै सीमित अधिकारका कारण चाहे जति पनि काम गर्न नसकेको बताए । उनले चलचित्र ऐन पारित भएर आएपछि ९० प्रतिशत समस्या समाधान हुने बताए ।