मोडल अलिशा बास्तोलाले ‘पूर्ण बहादुरको सारङ्गी’बाट  फिल्ममा डेब्यु गर्दै

फिल्मी फण्डा । मोडल अलिशा बास्तोला फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छिन् । दर्जनौँ म्युजिक भिडियो अभिनय गरेकी उनले ‘पूर्ण बहादुरको सारङ्गी’बाट फिल्ममा डेब्यु गर्न लागेकी हुन् ।

फिल्मको बिहीबारदेखि भक्तपुरको दुवाकोटबाट दोस्रो चरणको छायांकन सुरु गरेको हो । पहिलो चरणको छायांकन गत जेठमा ओखलढुङ्गाको रुम्जाटारमा गरेको निर्माण युनिटले दोस्रो चरणको छायाँकनमा अलिशालाई प्रवेश गराएको हो ।

विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाललगायतका कलाकारको अभिनय फिल्ममा रहनेछ । फिल्ममा बालकालकारमा जान्भि पौडेल र स्वायम् केसीको अभिनय रहनेछ ।

सोसल–ड्रामा जनरामा बन्न लागेको फिल्मले गन्धर्व परिवारको कथा विषयवस्तु बनाएको छ । फिल्मका निर्देशक सरोज पौडेल हुन् । विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहेको फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech