नाजिर र गौरवको फिल्म ‘देवी’ मा यस्तो लुक्स 

फिल्मी फण्डा ।   नाजिर हुसेन, गौरव पहारी तथा शिल्पा मास्के स्टारर फिल्म ‘देवी’को पोस्टर सार्वजनिक भएको छ । सिनेमाले अभिनेता गौरव पहारी र नाजिर हुसेनको पात्र चित्र सार्वजनिक गरेको हो । 

सिनेमाकी मुख्य अभिनेत्री शिल्पा मास्केको चरित्र पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ । सञ्जोग राई सिनेमाका निर्देशक हुन् । फिल्म भदौ २१ गते बाट प्रदर्शनमा आउँदै छ । 

सिनेमामा अभिनेत्री शिल्पा पत्रकार, गौरव अपराध अनुसन्धान गर्ने प्रहरी तथा नाजिर एक संस्था सञ्चालकको भुमिकामा पर्दामा प्रस्तुत हुनेछन् । सिनेमामा गौरवका बुवा तथा वरिष्ठ अभिनेता टीका पहारीको पनि अभिनय रहेको छ ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको सिनेमाको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech