राजु गिरीको निर्देशन रहेको फिल्म  ‘नम्बरी सुन’ को ट्रेलर सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा । आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘नम्बरी सुन’ को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। 

टिमले फिल्म हेर्ने १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेको छ । उनले खल्ती एपबाट फिल्म ‘नम्बरी सुन’को टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरका ७ जनालाई दर्शकलाई सुनको मोतीवाला चन्द्रहार प्रदान गर्ने घोषणा गरे । उनले त्यो उपहार लक्की ड्रमार्फत सार्वजनिक गरिने खुलाए । प्रस्तुतकर्ता खाती पेशाले सुन व्यवसायी हुन् ।

फिल्ममा गौरव पहारी,नम्रता सापकोटा,विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता बस्नेत, राजेन्द्र गिरी, कंगना गिरी लगायतको अभिनय छ ।

सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन छ ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech