फिल्म ‘ब्ल्याक छायाँ’ को प्रिमियरमा प्रकाश भुजेलदेखि सलिना,आर्यनसम्म

फिल्म उत्कृष्ट रहेको भनाई

फिल्मी फण्डा । फिल्म ‘ब्ल्याक छायाँ’ को काठमाडौैको जमलस्थित विश्वज्योती हलमा प्रिमियर  सम्पन्न भएको छ । मंगलबार बेलुका निर्माण युनिटले फिल्मको भव्य रुपमा प्रिमियर  सम्पन्न गरेको हो । 

आरएल लामा मोक्तानको निर्देशन रहेको  फिल्ममा नीर शाह, बुद्धि तामाङ, रवीन्द्र झा, जानवी बस्नेत, आरएल लामा, शोभित बस्नेत, सुनिल थापा, धिरेन शाक्य, राजेन्द्र खड्गी  शारदा गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रेमकथामा निर्माण भएको फिल्मको निर्माता रेलुमाया तामाङ, मैना सुनुवार र आर सोनाम लामा रहेका छन् । खड्ग लामा मोक्तान निर्माता रहेको फिल्मको छायांकार सञ्जु थोकर हुन् ।  

फिल्मको प्रिमियरमा विभिन्न क्षेत्रका वक्तित्वहरु झाँक्री प्रकाश भुजेल, पुण्य गौतम, शोभित बस्नेत, जयकिशान बस्नेत, शलिना बस्नेत,आर्यन,जान्वी बस्नेत लगायतको उपस्थिति थियो । फिल्म हेर्ने जति सबैले फिल्म उत्कृष्ट रहेको बताएका छन्।

 प्रकाश भुजेलले फिल्म हेरिसकेपछि फिल्म लेख्ने मान्छेलाई २१ तोपको सलामी भन्दै आफुले नि फिल्ममा झाँक्रीको भूमिका निर्वाह गर्न पाएको भा अझ गज्जब हुने बताएका छन् । त्यस्तै शोभित बस्नेतले निर्देशकले फिल्म साच्चै राम्रो बनाएको  र यसमा हिरो चाहि अरु कोही भएको भए गज्जब हुुने बताएका छन् ।  त्यस्तै शर्मिला वाइबाले अहिलेसम्म यत्तिको फिल्म नहेरेको र यो फिल्म सबैले हेर्न पर्ने बताएकी छिन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech