चर्चित पाकिस्तानी गायक राहत फतेह अली खान परे पक्राउ 

फिल्मी फण्डा । चर्चित पाकिस्तानी गायक राहत फतेह अली खान पक्राउ परेका छन् । उनी दुबई विमानस्थलमा पक्राउ परेका हुन् । 

उनका पूर्वम्यानेजर सलमान अहमदको उजुरीपछि गायकलाई पक्राउ गरिएको पाकिस्तानी सञ्चार माध्यमहरूले बताएका छन् । पहिला गायकलाई प्लेन चढ्नबाट रोकिएको र पछि उनलाई हिरासतमा राखिएको र त्यसपछि मात्रै पक्राउ गरिएको बताइएको छ ।

सुरुआतमा आएका खबरहरूमा भने राहतलाई युएईमै छँदा बुर्ज दुबई प्रहरी थानाबाट हिरासतमा लिइएको बताइएको थियो । गायक संगीत कार्यक्रममा प्रस्तुति दिन त्यहाँ गएको बताइएको छ । यसैबिच गायक र उनका पूर्वम्यानेजरबिचको पहिला देखिकै तनावका कारण उनी अप्ठ्यारोमा परे । सलमान अहमदले राहतविरुद्ध दुबई र अन्य सहरहरूमा कानुनी मुद्दा दर्ता गराएको बताइएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech