फिल्मी फण्डा । पछिल्लो समय नारायण नेपाल गीत लेखनमा व्यस्त हुन थालेका छन् । केहि समयअघि उनको शब्द रहेको गीत 'प्यारो प्यारो' सार्वजनिक भएको थियो । त्यस्तै अहिले उनको शब्द रहेको अर्को गीत ‘क्याम्पसतिर’ सार्वजनिक भएको छ । नेपालको 'एन्जो मेन्जो' र 'नखरा कबुल' जस्ता गीतहरु चर्चित छन् ।
यस गीतलाई सोमबार कमल अधिकारी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा गायक प्रमोद खरेलको आवाज रहेको छ भने कमल अधिकारीले संगीत भरेका छन् ।
रमेश बिजुली बिसीको निर्देशनमा निर्मित भिडियोमा अविनास थापा काजी, अनुस्का भण्डारी र रोबर्ट सिंह बडाल लगायतका कलाकारको अभिनय रहेको छ ।