‘वर एण्ड वधू’को गीतमा ‘बोल्ड’ आँचल 

फिल्मी फण्डा। मिलन चाम्स निर्देशित फिल्म ‘वर एण्ड वधू’ले आइतबार पहिलो गीत सार्वजनिक गर्दै प्रचार अभियान सुरु भएको जनाएको छ ।

नयाँ बानेश्वरस्थित आइएनआई हलमा आयोजित पत्रकार सम्मेलनमा आइतबार फिल्मको पहिलो गीत सार्वजनिक गरियो । पछिल्लो समयको वैवाहिक ट्रेन्डको कथावस्तुमा बनेको यो सोसलकमेडी ड्रामामा आँचल शर्मा र डेब्यु अभिनेता विवेक कर्माचार्यको शीर्ष भूमिका छ । सार्वजनिक गीत ‘तिमी’सँगमा यी दुई कलाकार रोमान्टिक देखिएका छन् ।

निर्देशक चाम्सले आँचल र विवेकलाई ग्ल्यामर अन्दाजमा पेश गरेका छन् । 

दर्शकले फिल्ममा आँचलको एक्सन पनि हेर्न पाउनेछन् । फिल्मको केही दृश्यमा आँचलले एक्सन पस्किएकी छिन् । डेब्यु अभिनेता कर्माचार्यले यत्तिको ठूलो ब्यानरसँग काम गर्न पाउँदा खुसी लागेको बताए । 

एलआरके इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मको गीत ‘तिमी’मा अञ्जु पन्त र प्रताप दासको स्वर, अर्जुन पोखरेलको संगीत र लेखु सहयात्रीको शब्द छ । कविराज गहतराजको कोरियोग्राफीमा सुदीप बरालको छायांकन छ ।

यो फिल्म नेपाल र रोमानियामा छायांकन भएको हो । आधा छायांकन सकेर निर्देशक चाम्स ‘गोर्खा वारिअर’मा व्यस्त थिए । फिल्ममा विजय लामा, गरिमा शर्मा, बिजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, सृष्टि खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन, सीता न्यौपाने लगायतका कलाकारको अभिनय छ ।

‘वर एण्ड वधू’ फिल्म भदौ १४ गते प्रदर्शन तयारीमा छ ।

https://youtu.be/ziyNiDox6y0?si=Lrhnmzd11_ptm9ul

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech