स्वस्तिमाको फिल्म ‘बेहुली फ्रम मेघौली’को  ‘उडायो मन’ बोलको गित सार्वजनिक(भिडियो)

फिल्मी फण्डा । स्वस्तिमा खड्का र निश्चल बस्नेतको अभिनय रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत सार्वजनिक भएको छ । ‘उडायो मन’ बोलको गीतमा नेपालीसँगै थारु भाषा मिश्रण गरिएको छ ।

गीतको संगीत, शब्द र संयोजन जयन जे वाइवाको छ । इन्द्रकला राईले स्वर दिएकी छन् । गीतका मूल सर्जक केशवराज महतो हुन् भने थारु शब्दको पुनर्लेखन अशोक थनेतले गरेका हुन् ।

भिडियोमा स्वस्तिमा फिचर्ड छिन् । उनीसहित सिम्रन खड्का र निश्चल पनि फिचर्ड छन् । कोरियोग्राफी शेखर घर्ती मगरले गरेका हुन् ।

दशैं छेकोमा प्रदर्शन तयारीमा रहेको यो फिल्ममा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । यो उनीहरुको डेव्यु निर्देशकीय फिल्म हो । यो फिल्मबाट दुई फिल्म वितरण कम्पनी एप्पल र डीसीएनले पहिलोपटक वितरणमा सहकार्य गर्दैछन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech