फिल्मी फण्डा । अभिनेत्री नीति शाहले फिल्म ‘खजुरे ब्रो’ बाट अभिनयमा डेब्यु गरेपछि एकपछि अर्को गर्दै फिल्म खेल्न थालेकी छिन । पछिल्लो समयको व्यस्त नायिका मध्येमा उनी पनि एक पर्छिन भन्दा अनौठो नहोला ।
किनभने ‘खजुरे ब्रो’ पछि उनको हातमा एकपछि अर्को फिल्म परिरहेका छन् । केही अगाडि ‘ज्वाईसाँप’ फिल्मको छायाङ्कन सकाएकी नीति अहिले फिल्म ‘मोहर’ मा पनि अनुबन्धित भएकी छन् ।
फिल्मका निर्देशक ओम प्रतिक हुन् । फिल्म मेकर्स प्रालिको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा ओम प्रतिककै लेखन छ । फिल्मलाई चुम्बनजंग शाहीले निर्माण गर्न लागेका हुन् ।
नीतिको हातमा यो बाहेक फिल्म ‘रुखान’ पनि छ । सविर श्रेष्ठको निर्देशनमा बन्ने यो फिल्मको छायाङ्कन चाँडै सुरु हुने बताइन्छ । यसको अलवा नीतिले दिवाकर भट्टराईको निर्देशन रहने एक अनटाइटल प्रोजेक्ट पनि साइन गरेकी छिन् ।