वर्षा सिवाकोटीको फिल्म ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा । अभिनेत्री वर्षा सिवाकोटीको फिल्म ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माताले यो सोसल ड्रामा फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन । 

कार्यक्रममा निर्देशक शंकर कोइरालासहित कलाकार वर्षा सिवाकोटी, डेब्यु अभिनेता अमरप्रताप श्रेष्ठ, सरोज खनाल, रेजिना उप्रेती, प्रवीण खतिवडा, कमलमणि नेपाल, जीवन भट्टराई र डेब्यु अभिनेत्री स्नेहा भट्टराई उपस्थित रहे ।

तीन मिनेटभन्दा लामो ट्रेलरले फिल्मको कथावस्तुबारे महत्वपूर्ण प्रकाश पार्छ । कथावस्तु, चरित्र चित्रण र द्वन्द्वको आयाम वरपर ट्रेलर बनेको छ । पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा चलिआएको मिथकमा फिल्म आधारित छ । अभिनेता खतिवडाले उक्त क्षेत्रमा चलेको ‘लास उठेर हिंड्ने’ मिथकमा फिल्मको कथा आधारित छ ।

ट्रेलरमा प्रेम, विवाह सम्बन्धमा आउने उतारचढाव र सामाजिक विषयलाई समावेश गरिएको छ । दिलीप केसीले निर्माण गरेको फिल्ममा सहनिर्माताको रुपमा हरि श्रेष्ठ छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech