फिल्मी फण्डा । तन्नेरीमाझ रिल्स र टिकटक बनाउने क्रेज व्यापक छ । यो क्रेज यति देखिन्छ कि वर्षेनी आउने टिकटक र रिल्सको भिडियो बनाउँदा हुने मृत्युका घटनाले यसको पुष्टि गर्छन् । नेपालमा समेत यो घटना पछिल्लो समय बढिरहेको देखिन्छ ।
यही क्रममा भारतको मनगाउँ जिल्लामा यस्तै घटना भएको छ । इन्स्टाग्राम रिल्स बनाउने क्रममा चर्चित भारतीय इन्फ्लुएन्सर आन्भी कामदारको मृत्यु भएको छ । रिल्स बनाउने क्रममा २७ वर्षीया कामदार ३०० फिट अग्लो झरनाबाट चिप्लिएर खसेकी थिइन् ।
रिल्स बनाउन उनी सात जना साथीसहित मनगाउँ जिल्लाको कुम्बे झरनामा गएकी थिइन् ।उनले पर्यटन प्रवर्द्धन गर्ने विषयमा रिल्स बनाउने गर्थिन् ।