फिल्मी फण्डा । फिल्म ‘बुलाकी’को लागि ‘नेपाल आइडल ५’का विजेता करण परियार र गायिका अनु चौधरीले गित गाएका छन । करणको यो पाश्र्व गायनमा डेब्यू हो ।
यस्तै, अर्को एक गीतमा गायिका समीक्षा अधिकारीले स्वर भरिन् । बाबुल गिरीको शब्द तथा संगीतमा तयार भएका दुबै गीत एक हप्ताको अन्तरमा रिलिज गरिने तयारी छ ।
नेपाल र विदेशमा आयोजित विभिन्न महोत्सव, अवार्ड कार्यक्रममा यो फिल्मले पुरस्कार जित्दै आएको छ । गतबर्ष एक दिन मात्र रिलिजमा आएको यो फिल्मलाई लिएर दर्शकको उत्साह बेग्लै छ ।
यसैले, फिल्मलाई पुनः रिलिजमा ल्याउन लागिएको निर्माणपक्षले बताएको छ । स्वर्गीय मोती विष्टको प्रस्तुति तथा टोपेन्द्र विष्टको निर्माणमा तयार भएको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।
फिल्ममा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, राज बहादुर सानेको कथा तथा पटकथा छ । फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज बिष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश वुढाथोकी, कुलद्धिप अधिकारी, झलनाथ खत्री, उपासना नेम्वाङ लगायतका कलाकारको अभिनय छ ।