बोल्ड सिनले भरिएको ‘परस्त्री’ ट्रेलर सार्वजनिक

फिल्मी फण्डा ।  फिल्म ‘परस्त्री’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा यौन, अपराध, प्रेम र धोकालाई प्रस्तुत गरिएको छ ।  ‘चपली हाइट’ कै सिक्वेलको लागि तयार गरिएको फिल्मलाई परस्त्री बनाएको स्रोतले बताइएको छ । त्यस कारण पनि फिल्ममा बोल्ड सिनहरु धेरै समावेश गरिएको छ ।  ‘चपली हाइट’कै निर्देशक दीपेन्द्र के. खनालले फिल्म ‘परस्त्री’ को कथा लेखेका हुन् । 

कार्यक्रममा फिल्मका लेखक समेत रहेका दीपेन्द्रले समाजमा दैनिक घटेका घटनालाई फिल्म मार्फत पस्किएको बताए । ‘हामीले अहिले दैनिक श्रीमान् श्रीमतीको झगडा, डिभोर्स लगायतका विषय मिडियामा समाचारको रुपमा देख्न सक्छौ’, दीपेन्द्रले थपे ‘त्यही विषय मैले फिल्ममा पस्किएको छु ।’

परस्त्रीसँगको अनैतिक सम्बन्धका कारण सिर्जित हिंसात्मक घटनालाई ट्रेलरमा प्रस्तुत गर्न खोजिएको छ । ट्रेलरमा शिल्पाको ‘बोल्ड सिन’ छन्, जसले दर्शकलाई ‘सरप्राइज’ बनाउन सक्छ ।

कार्यक्रममा शिल्पाले फिल्मको भूमिका लागि आफूले यो पटक चुनौती उठाएको बताइन् । ‘फिल्म अफरको समय अभिनय गर्नेकी नगर्ने केही निर्णय गर्न  गाह्यो भएको उनको धारणा रहेको थियो । ‘म फरक भूमिका निर्वाह गर्न रुचाउँछु । तर, यो फिल्मको भूमिका एकदमै चुनौतीपूर्ण थियो । स्क्रिप्ट पढेपछि काम गर्न सक्छु र भन्ने समेत लागेको थियो’ उनले भनिन् ‘चुनौती उठाएर अभिनय गरे । अहिले ठिक गरे जस्तो लाग्छ ।’

आगामी असार १५ गतेदेखि नेपालीसँगै हिन्दी भाषामा भारतका हलमा समेत प्रदर्शन हुन लागेको फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । उनकी आमा शर्मिला पाण्डे फिल्मकी निर्मात्री हुन् ।

निर्देशक पाण्डेले फिल्म राम्रो बनेको दाबी गरे । अभिनेता कोसिस क्षेत्रीले एउटा राम्रो फिल्म दिने कोसिस गरेको बताए । अभिनेता गौरव र अभिनेत्री अशान्त शर्माले फिल्ममा आफ्नो भूमिका राखेका थिए । फिल्ममा शिल्पा, कोसिस, गौरवको अलावा अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतको अभिनय छ । फिल्मका छायाँकार निरज पाण्डे हुन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech