व्रह्मानन्दम, अलि, सुनिल बर्मा रहेको फिल्म ‘ह्रस्व दीर्घ’मा अब रेखा थापा पनि 

फिल्मी फण्डा । फिल्म ‘ह्रस्व दीर्घ’ अभिनेत्री रेखा थापा देखिने भएकी छिन । यो फिल्ममा बलिउड र दक्षिण भारतीय फिल्मका दिग्गज कलाकारको अभिनय छ भने नेपालबाट नाम चलेका अनुहार छन् ।

कलाकारको यो लाइनअपमा दर्शकले सरप्राइज पाउनेछन् । सार्वजनिक भएको एक तस्वीरमा रेखालाई फिल्मको छायांकन सेटमा देख्न सकिन्छ । जहाँ निर्देशक चन्द्र पन्त र निर्मात्री तथा अभिनेत्री नीता ढुङ्गानासँग रेखाले स्क्रिप्टमा छलफल गरिरहेको अनुमान लगाउन सकिन्छ ।

यो फिल्म संविधान दिवसको अवसरमा असोज ३ मा रिलिज हुँदैछ । निर्मात्री ढुंगानाले अहिले फिल्मको पोस्ट–प्रोडक्सनको काम चलिरहेको र एउटा गीत छायांकनको लागि टिम मुम्बई जाने तयारीमा रहेको बताइन् ।

उक्त डान्सिङ नम्बरलाई बलिउडका चर्चित कोरियोग्राफरले नृत्य निर्देशन गर्ने उनले बताइन् ।

नीता फिल्मस्को ब्यानरमा बन्ने फिल्ममा हरिहर अधिकारी, चर्चित दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, अलि, सुनिल बर्मा, कबिर दुहान बलिउड कलाकार प्रदीप रावतसँगै नेपालका विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, रविन्द्र झाको पनि अभिनय हुनेछ ।

सोसल–ड्रामा सहितको प्रेमकथामा आधारित यो फिल्मलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ । अभिनेता हरिरहरको कथामा तयार फिल्ममा बलिउडका स्थापित सिनेमटोग्राफर कविर लालको छायांकन छ । फिल्ममा मित्र डि गुरुङको सम्पादन छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech