जन्मदिनमा उपहार पाए खगेन्द्रले  ‘घर नम्बर २’

फिल्मी फण्डा । अभिनेता खगेन्द्र लामिछानेले जन्मदिनमा फिल्म घर नम्बर २’ उपहार पाएका छन ।  शुक्रबार आफ्नो जन्मदिन मनाएका उनले विभिन्न माध्यमबाट शुभकामनासँगै नयाँ फिल्म उपहार पाएका हुन ।

दीपेन्द्र के खनालको निर्देशन रहने फिल्ममा उनलाई जन्मदिनको उपहार भन्दै अनुबन्धित गरिएको छ । साउनको २५ गतेबाट छायाङ्कन तयारी रहेको फिल्मको मुख्य भूमिकामा खगेन्द्र रहनेछन् । 

जन्मदिनमा फिल्म उपहार मिल्दा खगेन्द्र उत्साहित देखिए । उनले, एउटा राम्रो टिम र राम्रो कथामा काम गर्न पाउँदा खुसी लागेको बताए  । ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा अन्य कलाकारहरू छनौटको क्रममा छन् । 

बुद्धिसागरको लेखन रहेको फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठ निर्माता रहेका छन् । फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मलाई काठमाडौँमा रिच इन्टरटेन्मेन्ट र काठमाडौँ बाहिर एफडी कम्पनीले वितरण गर्नेछ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech