गायक निशान भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनमा दिए सांगीतिक प्रस्तुति

फिल्मी फण्डा । गायक निशान भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनमा साङ्गीतिक प्रस्तुति दिएका छन् । उनले शाहको जन्मदिनको सेलिब्रेसन कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिएका हुन् ।

शाहले नगरकोटको होटल सोल्टी वेस्टेन रिसोर्टमा जन्मदिन सेलिब्रेसन गरेका थिए । सो क्रममा आइतबार साँझको डिनर समय अगाडि म्युजिक लाइभ कार्यक्रम आयोजना भएको थियो । शो कार्यक्रममा प्रस्तुति दिन भट्टराईलाई निम्त्याइएको थियो ।

कार्यक्रममा पूर्वराजा शाह, पूर्वरानी कोमलको अलवा राजपरिवारका अन्य सदस्य तथा आफन्तको मात्र उपस्थिति रहेको थियो । लाइभ साङ्गीतिक वाद्यवादन सहित गायक भट्टराईले त्यहाँ साङ्गीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा गायक भट्टराईले करिब २ घन्टा हिन्दी, नेपाली नयाँ तथा पुराना गीत गरेर करिब २० गीत मार्फत सबैलाई झुमाएका थिए ।

निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech