वर्षाको प्रष्टीकरणः सबै जना शान्त हुनुस्, म गर्भवती छैन

फिल्मी फण्डा । अभिनेत्री वर्षा राउतले सामाजिक सञ्जालमा सेयर गरेका पछिल्ला दुई तस्वीर यतिबेला चर्चामा छन् । दुई फोटोमा उनको पेट पुट्ट निस्किएको देखिएको छ । हरियो रङको गाउन र सेतो आउटफिटमा उनी आकर्षक पनि देखिएकी छन् ।

यो देखेर धेरैले उनी गर्भवती भएको आकलन गरे । फोटोको कमेन्टमा पनि उनलाई बधाईको ओइरो छ । धेरैले उनलाई आमा बन्न लागेको भन्दै बधाई दिइरहेका छन् ।

वर्षालाई बधाईको ओइरो पनि यतिसम्म आउन थाल्यो कि उनकी आमाले जिज्ञासा राख्दै सोधेकी छन्– ‘नानी सबैले बधाई देका छन् त किन हो ? ’ वर्षाले आमालाई भन्छिन्– ‘पेट पुटुक्क देखेर होला ।’

आमा भन्छिन्– ‘घरमा हुँदा देखिएको थिएन ।’ वर्षा भन्छिन्– ‘खाएर ।’ उनले आमासँगको च्याटको पनि स्क्रिन सट समेत सेयर गरेकी छन् ।

उनलाई गर्भवती हुँदाको बधाईको ओइरो यतिसम्म आउन थाल्यो कि उनले हैरान भएर प्रष्टीकरण नै दिनुपरेको छ । उनले जवाफ दिएकी छन्, ‘सबैजना शान्त हुनुस्, म गर्भवती भएकी छैन ।’

वर्षाले २०७५ सालमा अभिनेता तथा व्यवसायी सञ्जोग कोइरालासँग विवाह गरेकी हुन् । अहिलेसम्म पनि यी दुईलाई सन्तान योजनाको प्रश्नले पछ्याइरहेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech