परदेशीको कथा लिएर दिलकृष्णको निर्देशनमा नायक प्रज्वल गिरीको कम्ब्याक

फिल्मी फण्डा । नायक प्रज्वल गिरीको म्युजिकल फिल्म ‘परदेश’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । प्रज्वल गिरीले फिल्म ‘परदेश’को फस्टलुक पोस्टर सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन । 

गिरीले फस्टलुक पोस्टर सार्वजनिक गर्दै लेखेका छन- 'तिम्रो,मेरो,उस्को,हामी सबैको कथा अझभनौ हरघरको कथा‘ देश छोडेर गएका हरपरदेशीको कथा‘अनि तेही परदेशीलाई कुर्दा कुर्दै झरेका आशुका कथा ।'

यो म्युजिकल फिल्मलाई दिल कृष्ण श्रेष्ठले लेखेका हुन भने निर्देशन पनि उनले नै  गरेका हुन् । फिल्मममा प्रज्वल गिरी सँगै सोनिया गिरी,आरोही गिरी,आयन गिरी,पुर्ण लम्साल,सुरेन्द्र सन्जेल,सुशान तिवारी,निमा लामा, निहाल सिंह,नयना पटेल लगायतको अभिनय रहेको छ । फिल्ममा बलान्द राईको संगित रहेको छ भने शंकर अधिकारी(घायल)को शब्द र साज सिंहको स्वर रहेको छ । यो फिल्मको सम्पूर्ण छायाँकन अमेरिकामा भएको हो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech