फान यूएसए च्याप्टरलाई कलाकार संघको आधिकारिता

काठमाडौं– नेपाल चलचित्र कलाकार संघले आफ्नो संस्थाको अमेरिका शाखा फान यूएसए च्याप्टर) को पूनर्गठित समितिलाई बिहीवार संघले आधिकारिकता प्रदान गरेको छ । अमेरिकामा रहेका नेपाली कलाकारहरूलाई संगठित गर्न र नेपाली चलचित्रलाई अन्तराष्ट्र्रिय बजारमा पहुच पुर्याई नेपाली चलचित्रको संरक्षण सम्बद्धन एवं पेशाकर्मीको उत्थान गर्ने उदेश्यले नेपाल चलचित्र कलाकार संघका तत्कालिन अध्यक्ष स्व। राम केशर बोकटीको कार्यकालमा निर्देशिका बनाई अमेरिकामा संघको शाखा स्थापना गरिएको संघका अध्यक्ष मोहन निरौलाले बताउनु भएको छ । 

संघका अध्यक्ष मोहन निरौलाद्वारा जारी आधिकारिकता पत्रमा फान यूएस च्याप्टरको पुनर्गठित समितिलाई आधिकारिकता दिन सिफारिस भइ आएकाले त्यहाँबाट प्राप्त पदाधिकारी सदस्यहरुलाई यूएस शाखाको रुपमा आधिकारिता प्रदान गर्ने निर्णय भएको उल्लेख छ ।

अमेरिका शाखाको पहिलो अध्यक्ष अभिनेता नवराज श्रेष्ठ हुनुहुन्थ्यो भने त्यसपछिको कार्यकाल अभिनेता बिक्रान्त बस्नेतले संम्हाल्नु  भएको थियो । हाल आएर केही महिना अगाडी संघका निर्बतमान अध्यक्ष अमेरिका जानु भएको अबसर पारेर बहाको उपस्थितिमा अमेरिकामा सम्पन्न भेलाले सर्बसम्मत रूपमा अभिनेता दिनेश कार्कीको नेतृत्वमा सघको अमेरिका शाखा पुर्नगठन गरेको हो । सो पुर्नगठित समितिलाई नेपाल चलचित्र कलाकार संघको केन्द्रीय कार्य समितिले महासचिब तथा अन्तराष्ट्रीय समन्वय समितिका संयोजक सबिन श्रेष्ठको सिफारिसमा २०८१ आषाढ २० गते देखि लागु हुने गरि आधिकारिकता प्रदान गरेको छ ।

आधिकारिकता पत्रमा भनिएको छ– ‘नेपाल चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्काको उपस्थितिमा नेपाल चलचित्र कलाकार संघ, संयुक्त राज्य अमेरिका शाखाको पुनर्गठन गरिएको पत्र प्राप्त भइ सो सम्बन्धमा संघका महासचिव तथा अन्तर्राष्ट्रिय समन्वय संयोजक सविन श्रेष्ठबाट संयुक्त राज्य अमेरिका शाखा (फान यूएसए च्याप्टर) को पुनगर्ठित समितिलाई आधिकारिता दिन सिफारिस भइ आएकाले त्यहाँबाट प्राप्त पदाधिकारी सदस्यहरुलाई यूएस शाखाको रुपमा आधिकारिताका प्रदान गर्ने निर्णय भएकाले वधाइका साथ जानकारी गराउँद छौं ।’

फान यूएस च्याप्टरका पदाधिकारी तथा सदस्यहरु
अध्यक्षः दिनेश कार्की
वरिष्ठ उपाध्यक्षः गणेश उप्रेती
महासचिवः सवास बि।थापा
कोषाध्यक्षः मदन थापा
सचिवः पुष्कर पन्त
सदस्यहरुः
दिपक त्रिपाठी
किशोर सुब्बा
गोपाल अधिकारी
मोहन मिश्र
सुन्दर श्रेष्ठ
सूर्य सिम्खडा
सुमन विष्ट
दिनेश थापा
गीता शाही
राजेश ढुंगाना
रामकृष्ण महर्जन
प्रवेश उप्रेती

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech