फिल्मी फण्डा । आगामी असोज ३ मा रिलिज हुने फिल्म ‘आउटलः दफा २१९’ मा अभिनेता सुशील श्रेष्ठको शीर्ष भूमिका छ ।
निर्माणपक्षले सुशीलको केही तस्वीर सार्वजनिक गरेको छ । जसमा सुशील नेपाली सैनिकले प्रयोग गर्ने हेलिकप्टरमा देखिन्छन् ।
यो दृश्यको छायांकन त्रिभुवन विमानस्थलमा रहेको नेपाल आर्मीको हेलिकप्टर पार्किङ एरियामा गरिएको हो ।
अमित अग्रहरी निर्माता रहेको ‘आउटलः दफा २१९’ लाई विक्की महर्जनले निर्देशन गरेका हुन् । विक्की महर्जनकै लेखन रहेको यो फिल्ममा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन लगायतका कलाकारको समेत अभिनय छ ।