प्रभासको फिल्म कल्कीको बक्स अफिसमा एकछत्र राज, ७ दिनमा कति सय करोड गर्यो कमाई ?

फिल्मी फण्डा । दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म कल्की २८९८ एडीले ग्लोबल बक्स अफिसबाट ६ सय करोडभन्दा बढी कमाएर नयाँ कीर्तिमान बनाएको छ । फिल्मका निर्माता बैजयन्ती मुभिजले आफ्नो कलेक्सनको अपडेट सामाजिक सञ्जालमा शेयर गरेको छन । 

कल्की २८९८ एडी २७ जुनमा रिलिज भएको थियो । फिल्मले पहिलो साता घरेलु बक्स अफिसमा करिब ३९३ करोड ४० लाख भारुको व्यापार गरेको थियो । स्याकनिल्कको रिपोर्ट अनुसार भारतमा ७ दिनमा फिल्मको ग्रस कलेक्सन ४४१ करोड ५० लाख भारु पुगेको छ । फिल्मले विदेशी बक्स अफिसमा  १६८ करोड ५० लाख भारु कमाएको छ । अर्थात् फिल्मको ७ दिनको कलेक्सन करिब ६१० करोड भारु रहेको छ ।

फिल्मले दर्शकहरूबाट अपार माया पाइरहेको छ । केहीले यसलाई भारतीय सिनेमाको इतिहासमा सबैभन्दा ठुलो ब्लकबस्टर भनेका छन् । केहीले भने बजेट जति कमायो अब फिल्मको नाफा हुन्छ हेरौँ भनिरहेका छन् । फिल्ममा भारतीय सिनेमाका दिग्गज अभिनेता अमिताभ बच्चन, कमल हासनको साथमा प्रभास र दीपिका पादुकोणले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech