कंगनालाई थप्पड हान्ने सीआईएसएफ कन्ष्टेबलको सरुवा

फिल्मी फण्डा । बलिउड अभिनेत्री तथा भाजपाकी सांसद कंगना रनौतलाई चन्दीगढ विमानस्थलमा थप्पड हान्ने महिला सीआईएसएफ कन्ष्टेबल कुलबिन्दर कौरको सरुवा भएको छ । जानकारीअनुसार महिलाको साथमा उनका पतिको पनि सरुवा भएको बताइएको छ । 

विमानस्थलमा कंगनालाई थप्पड हानेपछि ती महिला निलम्बनमा परेकी थिइन् । अहिले आएर उनको निलम्बन फुकुवा गरेर जागिरमा बहाल गरिएको छ । तर कौरलाई बैंगलुरु सरुवा गरिएको बताइएको छ । कंगनालाई थप्पड हानेपछि सीआईएसएफ कन्ष्टेबलको एउटा भिडियो आएको थियो । 

त्यसमा उसले थप्पड हान्नुको कारण बताएकी थिइन् । कंगनाले सयरसय रुपैयाँ लिँदै किसान आन्दोलनमा महिलाहरू बसेका छन् भन्ने अभिव्यक्ति दिएको समयमा आफ्नी आमा पनि आन्दोलनमा जाने गरेको ती महिलाको भनाइ थियो ।  लोकसभा निर्वाचनमा कंगना निर्वाचित भएलगत्तै थप्पड काण्ड भएको थियो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech